गठबन्धनभित्र भागबण्डा टुंगो लगाउन एसले दियो अध्यक्ष नेपाललाई जिम्मा
काठमाडाैं | चैत ७, २०७९
काठमाडौं : नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबण्डाको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ।
मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मन्त्रालयको बाँडफाँट र भागबण्डा टुंग्याउन अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो
बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्श निकाल्ने बताए। उनले भने,' सरकारमा कसरी जाने,के उद्देश्यले जाने, के नीति कार्यक्रमका साथ जाने,सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ,'उनले भने।
बैठकमा मन्त्रालयबारे प्रारम्भिक छलफल सुरू भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार विश्वासको मत लिएलगत्तै आजदेखि सरकार विस्तारको तयारी थाल्ने बताएका थिए। त्यसपछि गठबन्धन आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

